सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
पाेखरा | माघ २८, २०८१
पोखरा: सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् ।
क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।
क्लब अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् ।
यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि सहयोगस्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
समारोहमा एकेडेमीका स्पोन्सर हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, एन्फाका सहायक सिइओ विनोद गुरुङ, एन्फा गण्डकी उपाध्यक्ष मिलन गुरुङ, एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जित, क्लबका पूर्व अध्यक्षहरु, मानार्थ सदस्य एवं सल्लाहकारहरुको उपस्थिति थियो ।
यस्तै, ब्रिगेड ब्वाइज क्लबका तर्फबाट धनबहादुर गुरुङ, खेलाडी संघका अध्यक्ष विक्रम लामाको उपस्थिति थियो । कार्यक्रमबारे एकेडेमी संयोजक एवं सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले प्रकाश पारेका थिए ।
सहारा एकेडेमीमा हाल चौथो ब्याजका रुपमा ३० जना बालकहरु आश्रित छन् । उनीहरुले निःशुल्करुपमा शिक्षा, दीक्षा, आवासीय सुविधा सहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चिंदै आएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

